Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सनराइज ब्लूचिप फण्डमा आवेदन दिने आज अन्तिम दिन

२०७७ चैत्र ८ गते

बैंकिङ खबर/सन्राइज ब्लूचिप फण्डको इकाईमा आजसम्म मात्र आवेदन दिन सकिने भएको छ । सन्राइज म्युचुअलफण्डअन्तरगत सञ्चालन हुने “सन्राइज ब्लूचिप फण्ड”को प्रति इकाई मूल्य रु. १० दरको १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।
उक्त फण्डमा आइतबार बैंकिङ्ग समयसम्ममात्र आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनाको प्रक्षेपितवार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न क्यापिटलले आग्रह गरेको छ । 

Ad