Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

राष्ट्र उत्थान लघुवित्तका अध्यक्षले लिए पद तथा गोपनीयताको सपथ

२०७७ चैत्र ६ गते


बैंकिङ खबर/ राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि. का नवनियुक्त अध्यक्ष प्रल्दादमान मालीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
उहाँले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन देवकुरमा ढकालसँग नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिनुभएको हो । यहि चैत ३ गते सम्पन्न सञ्चालक समितिको पूर्ण बैंठकले रिक्त अध्यक्ष पदमा स्वतन्त्र सञ्चालक मालीलाई सर्वसम्मतीले चयन गरेको थियो ।
थप कार्यक्रममा नियमन विभागका निर्देशक मिना पाण्डे लगायत वरिष्थ अधिकृतहरु तथा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि.का कार्यकारी दिर्नेशक सुधीर प्रसाद लोहनी तथा सहायक कार्यकारी निर्देशक एवं कम्पनीका सचिव जगन्नथ कुईंकेल लगायतको उपस्थिति रहेको थियो ।
सर्व साधारणमा ८ करोड ५० लाख को साढे आठ लाख कित्ता शेयर निश्कासनको प्रक्रियामा रहेको यस कम्पनीमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक लि. र प्रभु बैंक लि. को ६४ प्रतिशत शेयर रही प्रतिनिधि सञ्चालकहरु छन् ।