Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न

२०७७ चैत्र ५ गते


बैंकिङ खबर सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायककम्पनी)को नवौं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएकोे छ ।
वित्तीय संंस्थाका अध्यक्ष सचिनजङ रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथिको रुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विगत केहीवर्ष यतादेखि आशालाग्दो तरिकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिनुभयो ।

गाउँ बस्तीमा रहेका विपन्न वर्गका घरदैलोमा पुगेर सेवादिई गरिबलाई धनी बनाउने पुण्य कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुहुंँदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यक्रमका सभापति सचिनजङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरुप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यस वित्तीय संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवाप्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।