
बैंकिङ खबर। कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामुहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी इक्वीटी फण्डको इकाईहरु बाँडफाँड गरिएको छ ।
बिहीबार नक्सालस्थित कुमारी क्यापिटल परिसरमा इकाईहरुकोे बाँडफाँड गरिएको हो । आइपीओमा ९४,७९४ जना मध्ये रितपुर्वक आवेदन दिने ९४,७३३ जना (जसमा सर्वसाधारणबाट ९४६६१ जना, आवेदकहरुबाट ३,९२,३१,०१० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्था ५,३९,२२,३०० इकाई) आवेदकहरुलाई इकाईहरु बाँडफाँड गरिएको छ ।
दोहोरो आवेदन दिने ६१ जना आवेदकहरुको आवेदन रद्द गरिएको कुमारी क्यापीटलले जनाएको छ । यसरी बाँडफाँड गर्दा इकाई १०० देखि २०,००,००० सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको हो ।
२० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात् इकाई २५,००,००० देखि ५०,००,००० सम्म माग गरि दरखास्त दिने जम्मा ७ जना प्रत्येक आवेदकलाई २४,०६,६७० इकाईका दरले जम्मा १६८४६६९० इकाई बाँडफाँड गरिएको छ ।
इक्वीटी फण्डको प्रति इकाई रु १० दरको ८ करोड इकाईको लागि २०७७/११/१४ देखि २०७७/११/२८ सम्म निष्काशन तथा विक्री खुल्ला गरिएको थियो ।
माग भन्दा अधिक दरखास्त पर्न आएकोले सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरणपुस्तिकाको बुँदा ४(च) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १० करोड इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ८,५०,००,००० इकाई बाँडफाँड कुमारी क्यापिटलले जनाएको छ ।