Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद दुलालको पुनर्नियुक्ति

२०७७ चैत्र ४ गते

बैंकिङ खबर/  आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बद्रीप्रसाद दुलाल नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिको बुधबारको बैठकले दुलाललाई सिइओमा दोस्रोपटक नियुक्ति दिएको हो । यो उनको दोस्रो कार्यकाल हो । उनको पदावधि १३ चैतमा सकिँदै थियो ।

दुलाल नेपाली लघुवित्त क्षेत्रमा सक्रिय, सफल लघुवित्तकर्मी हुन् । उनको नेतृत्वमा आशा लघुवित्तले देशव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

नियुक्तिसँगै उनले संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी ४ वर्षको कार्यकाल पूरा गरी पुनः ४ वर्षका लागि नियुक्त भएका हुन् ।