Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार ४० अङ्कले बढ्यो

२०७७ चैत्र ४ गते

बैंकिङ खबर/ यो हप्ता सुरुवातदेखि नै सुस्ताएको नेप्सेमा बुधबार भने  ४०.४० अंकको वृद्धिसँगै परिसूचक २४३२.१४ अंकमा कायम भएको छ। बुधबार २१२ वटा कम्पनीका ८६ लाख २६ हजार कित्ता ४४ हजार ६९७ पटक खरिद-बिक्री हुँदा तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै जीवन बिमा समूह र निर्जीवन बिमा समूहको उपसूचक क्रमशः ३७२.५८ र २२४.८७ अंकले बढेको छ। बैंकिङ समूह १९.१५, व्यापार समूह ४२.९, होटल तथा व्यापार समूह ११२.६९, विकास बैंक समूह २६.८२, जलविद्युत् समूह ३१.०१ र वित्त समूह १३.५३ अंकले बढेको छ। त्यस्तै उत्पादन समूह अन्य समूह, लघुवित्त समूह, म्युचुअल फण्ड र लगानी समूहमा क्रमशः ९८.०८, ४७.४३, ११३.८७, ०.१ र १.२६ अंकले बढेको छ।  

सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड चार लाख ८८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार भएको सेयर संख्याको आधारमा भने प्रभु बैंक प्रमोटर सेयरको पाँच लाख ३६ हजार ८९४ कित्ता किनबेच भएको छ।

Ad