
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सँग स्पष्टीकरण मागेको छ । विभिन्न सञ्चार माध्यममा निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएपछि नेप्सेले समाचारबारे स्पष्टीकरण सोधेको हो । उक्त विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई भनेको छ ।
