Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकले घटायो व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर

२०७७ चैत्र ३ गते

बैंकिङ खबर/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १ चैतदेखि लागू हुने गरी सम्पूर्ण व्यावसायिक चालुपुँजी कर्जाको अधिकतम प्रिमियम दर घटाएको छ । बैंकका अनुसार सो दर ०.५० प्रतिशतले घटाइएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकका लागि व्यावसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत कायम गरेको हो । यसको अर्थ बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर आधारदरभन्दा बढीमा २.७५ प्रतिशत मात्र अधिक हुन सक्नेछ ।

बैंकले हाइपोथिकेसन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालुपुँजीजस्ता व्यावसायिक कर्जाप्रवाह गरिरहेको जनाएको छ । बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको जानकारी दिएको छ । अधिकांश वाणिज्य बैंकले भने निक्षेपको ब्याजदर बढाएका छैनन् । २० भन्दा बढी वाणिज्य बैंकले चैत महिनाका लागि पुरानै ब्याजदर यथावत् राखेका छन् भने केही बैंकले मुद्दती खाताको ब्याजदर उल्टै घटाएका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्चालनमा छन् । बैंकले देशभर २ सय ४७ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङमार्फत वित्तीय सेवा दिँदै आएको छ ।

Ad