Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वरोजगार लघुवित्तका शेयरधनीलाई ३०.४ प्रतिशत बोनस शेयरसहित नगद लाभांश पनि

२०७३ श्रावण ३० गते
सेयर:

swarojgar laghubittaस्वरोजगार लघुवित्त विकास बैङ्कका लगानीकर्ताले ३०.४ प्रतिशत बोनस शेयर पाउने भएका छन् । कम्पनीको साउन २८ गते सम्पन्न १ सय २८ औं सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको छ । साथै, बैठकले १ दशमलव ६ प्रतिशत नगद लाभांश जारी गर्ने प्रस्ताव समेत अघि सारेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएमा शेयरधनीलाई वितरण गरिनेछ । 

सोही सभाले बोनश शेयर वितरण गरे पश्चात् शेयरधनीलाई ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको कम्पनीले नेप्सेलाई जानकारी दिएको छ ।