Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सको लघुबित्त ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालीम

२०७७ फाल्गुन ११ गते

बैंकिङ खबर । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले नयाँ नियुक्त भएका कर्मचारीहरुलाई २ दिने लघुबित्त ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ । नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र लघुबित्त सम्बन्धी कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने उदेश्यले अभिमुखीकरण तालीम राखिएको संस्थाले जनाएको छ । त्यस्तै संस्थाले १० नयाँ शाखा बिस्तार गरेको छ ।
२ दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए ।

त्यस्तै संस्थाले कर्मचारीको सीप बिकास तथा तालीमको लागि अभिमुखीकरण तथा बैंकिङ्ग तालीम कार्यक्रम गर्दै आएको तथा यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमा समेत बृद्धि गरि संस्थाको प्रतिनिधित्व गर्न थप उर्जा प्रदान गर्ने बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको र उक्त अभिमुखीकरण तथा बैंकिङ्ग तालीममा सहभागी हुदाँ सबैसंग चिनजान गर्ने मौका र काम गर्न हौसला मिलेको बताएका थिए । दुई दिने अभिमुखीकरण तालिममा नबनियुक्त ६२ जना कर्मचारी सहभागी भएका थिए । तामिलको सहजीकरण कर्जा तथा जोखिम बिभाग प्रमुख शेर बहादुर गुरुङ, योजना तथा तालिम बिभाग प्रमुख उमेशमान डङ्गोल र जनशक्ति तथा प्रशासन बिभागका अधिकृत रामकुमार सुवेदीले गर्नु भएको थियो ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि नयाँ शाखा बिस्तार सङ्गै देशका ६० जिल्लामा १३० शाखा कार्यालय मार्फत करिब १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्याउदै आएको छ ।