Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

४०.९४ अंकले घट्यो आइतबारको नेप्से : ११ कम्पनीका लगानीकर्ताले कमाए

२०७३ श्रावण ३० गते
सेयर:

economicसाताको आइतबार नेपाल स्टक एक्सचेन्जमा १ अर्बमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४० वटा कम्पनीको २१ लाख ८१ हजार २ सय ८९ कित्ता शेयर ६ हजार ९ सय ४९ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब १४ करोड २२ लाख ७ हजार ९ सय ९९ रुपैयाँको कारोबार भएको हो । कुल कारोबारमध्ये बैंकिङ समूहको ५४ करोड ३७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । विकास बैंकको १ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने फाइनान्स समूहको ३ करोडमाथिको शेयर कारोबार भएको छ । 

कम्पनीगत आधारमा हेर्दा सबैभन्दा धेरै एनबी बैंकको ७ करोड ३९ लाखभन्दा माथिको शेयर कारोबार भएको छ भने एभरेष्ट बैंक, सिद्धार्थ बैंक, अरुण भ्याली हाइड्रो र नेपाल बैंकको ४ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, टुरिजम डेभलपमेन्ट बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोडमाथिको शेयर कारोबार हुँदा हिमालयन बैंकको २ करोड ८७ लाखको कारोबार भएको छ । 

११ कम्पनीहरुले कमाएको दिन स्वरोजगार लघुवित्त र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक र हाम्रो विकास बैंकका शेयरधनीले क्रमशः ९.८० र ९.५६ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, नविल बैंक, एनएमबी माइक्रोफाइनान्स, मिरमिरे माइक्रोफाइनान्स, रिडि हाइड्रोपावर, टुरिजम डेभलपमेन्ट बैंक र एनआईबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले पनि कमाएका छन् ।

हामा मर्चेन्ट एण्ड फाइनान्स, रिलायन्स लोटस फाइनान्स र मनास्लु विकास बैंकका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीले गुमाएका छन् । पुर्णिमा विकास बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, सिनर्जी फाइनान्स, अपि पावर कम्पनी, रुरल माइक्रोफाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स लगायतले पनि धेरै गुमाएका छन् । 

कारोबार रकमसँगै नेप्से परिसूचक पनि आइतबार ४०.९४ अंकले घटेर १७३३.९३ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक र फाइनान्स समूह क्रमशः ३६.७२, ४३.५ र १७.२८ अंकले घटेका छन् । सबैभन्दा धेरै बीमा समूह २३३.२२ अंकले घटेको छ । होटल, जलविद्युत् र अन्य क्रमशः १०७.१५ अंक र २०.५३ अंकले घट्दा उत्पादनमूलक समूह स्थिर रहेको छ ।