Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक’ संसदमा पेश

२०७३ श्रावण ३० गते

samsadव्यवस्थापिका संसद बैठकमा अर्थ समितिले नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयकसहितका तीन वटा विधेयकमाथिका प्रतिवेदन पेश गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बसेको व्यवस्थापिका संसद बैंठकमा अर्थ समितिले राष्ट्र बैंक दोश्रो संशोधन विधेयकसहित लेखा परीक्षण पहिलो संशोधन विधेयक २०७१ र कर्मचारी संचय कोष नवौं संशोधन विधेयक २०७१ विधेयकमाथीको प्रतिवेदन पेश गरेको हो । समितिले अलग–अलग उपसमिति गठन गरेर विधेयकहरुमाथि प्रतिवेदन तयार पारी संसदमा पेश गरेको हो । समितिले तीनवटै विधेयक दफावार छलफलका लागि गत माघ ५ गते समितिमा पठाएको थियो ।