Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

बढ्दै एटीएमको लोकप्रियता : एकैवर्षमा थपिए ३५ हजार प्रयोगकर्ता

admin २०७३ श्रावण ३० गते
सेयर:

atmनेपालमा एटीएम काउण्टरको संख्या १८ सय ५९ वटा पुगेका छन् । आफ्नो व्यवसाय विस्तारका लागि बैंक तथा वित्तीय संस्थाहरु एटीएम काउण्टरहरु अझै बढाउने क्रममा छन् । आजको जस्तो व्यस्त समाजमा एटीएमले उपभोक्तालाई निकै नै सहयोग पुर्याइरहेको छ । यसै कारण एटीएम प्रयोगकर्ताहरु बढ्दै गइरहेका छन् । एक वर्षभित्रमा मात्रै नेपालमा ३५ हजारभन्दा बढी एटीएम प्रयोगकर्ता थपिएका छन् । पाँच वर्षअघि ३० लाखको हाराहारीमा रहेका एटीएम प्रयोगकर्ता पनि बढेर झन्डै साढे ४५ लाख पुगिसकेका राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यसरी, वर्षेनि बढ्दो क्रममा रहेको प्रयोगकर्ताको संख्यालाई ध्यानमा राख्दै बैंकहरुले पनि ठाउँठाउँमा एटीएम काउण्टरहरु थपिरहेका छन् । पछिल्लो तथ्यांकअनुसार वैशाखदेखि जेठसम्म एक महिनामा मात्रै ३८ एटीएम काउन्टर थपिएका छन् ।

सन् १९९५ मा हिमालयन बैंकले पहिलोपटक एटीएम सेवा सुरु गरेको थियो । त्यसपछिका दिनहरुका एटीएमको प्रभाकारीतालाई ध्यानमा राख्दै अधिकांश वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीले स्थान र उपयोगिताको आधारमा एटीएम सञ्जाल विस्तार गर्दै लगेको पाइन्छ । एटीएममार्फत सरल र सहज रूपमा बैंकिङ सेवा उपभोग गर्न सकिने भएकाले सर्वसाधारणहरू यसप्रति आकर्षित छन् । 

एटीएमका कारण धेरै पैसा साथमा राखेर हिँड्नुपर्ने झन्झटमा सर्वसाधारणहरु मुक्त भएका छन् । धेरै पैसा खल्तीमा बोक्दा कसैले लुट्ने हो कि भन्ने डरमा हिँड्ने उपभोक्ता आज खल्तीमा लाखौँ रुपैयाँ भएको एटीएम बोकेर ढुक्कका साथ हिँडने गरेका छन् । लुटिने समस्या नहुने, धेरै पैसा बोकेर हिँड्ने झन्झट पनि नरहने हुँदा सर्वसाधारणले सहज महशूस गरेका छन् । यसै सहजताका कारण नेपालमा एटीएम काउण्टर र एटीएम प्रयोगकर्ता दुबै बढिरहेका छन् । 

पछिल्लो समय भने एटीएमबाट पनि पैसा चोरी हुन थालेको समाचारहरु आउने गरेका छन् । ह्याकरहरुले एटीएमको पासवर्ड ह्याक गरेर रातारात करोडौँ रुपैयाँ गायब बनाएका छन् । यस्तो कुरामा भने हामी आफैँ संयम् हुनुपर्छ । ह्याकरले कुनै संकेत पायो भने एकाउन्ट ह्याक गर्ने हो । एटीएमबाट रकम निकालेपछिको रसिद ह्याकरहरुका लागि जानकारी हुन सक्छ । त्यस्तै, कुनै सार्वजनिक कम्प्युटर या हरु कसैको मोबाइलबाट या अरुले देख्ने आफ्नो बैंक ब्यालेन्स चेक गर्नुपनि राम्रो होइन । यस्तो कुराहरुमा हामी सँधै सचेत रहनुपर्छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।