Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा नयाँ रेर्कड : १० अर्बभन्दा बढीको कारोबार

२०७७ माघ २५ गते

बैंकिङ खबर । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ। आज नेप्से एकै दिन ४८ दसमलव ७४ अंकले बढेर २ हजार ५ सय २४ अंकमा बन्द भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ५ दसमलव ३ अंकले बढेर ४ सय ५९ दसमलव ३२ अंकमा पुगेपश्चात नेप्सेले नयाँ रेर्कड कायम गरेको हो । आज २ सय २ कम्पनीका १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता सेयर १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

आज सबैभन्दा बढी कारोवार हिमालय डिस्टिलरी प्रालीको भएको छ । ५३ करोड १७ लाख रुपैयाँ बराबर कारोबार भएको यो कम्पनीको मुल्य प्रति प्रतिकित्ता ४८ सय १४ रुपैयाँ छ । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमइ बैंकको समेत अधिकतम कारोबार भएको छ ।

आजको कारोबारमा ८ कम्पनीको सेयरमा १० प्रतिशतले वृद्धि भएको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त, गणपति लघुवित्त, आरएसडीसी लघुवित्त, डेप्रोस्क लघुवित्त, मञ्जुश्री फाइनान्स, निर्धन उत्थान लघुवित्त, सारथी लघुवित्त र नागरिक लगानी कोषको सेयरमा १० प्रतिशतले वृद्धि भएको छ ।

 

 

 

Ad