Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२०७७ मंसिरसम्मको बजेट प्रगति विवरण

२०७७ माघ १८ गते

बैंकिङ खबर । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ मा रु. १४७४.६४ अर्बको बजेट लिएको थियो । जसमा खर्चतिर चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्था गरेर १४७४.६४ अर्ब खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसैगरी आयतर्फ ८८९.६२ अर्ब उठाउने लक्ष्य र अन्य नपुगेको रकम वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋण मार्फत गरेर कुल १४७४.६४ अर्ब उठाउने लक्ष्य राखेको थियो ।


मंसिर २०७७ सम्म आइपुग्दा बजेटको लक्ष्य दुवैतिर (खर्च र आय) सोचे अनुरुप प्रगति हुन सकेको छैन । मंसिर अन्त्यसम्मको तथ्याङ्क हेर्दा चालु खर्च २९.५८ प्रतिहत मात्र खर्च भएको छ । पूँजीगत खर्च हेर्दा जम्मा रु. ३५.९४ अर्ब मात्र खर्च भएको छ, जुन केवल १०.१४ प्रतिशत मात्र हो ।
पूँजीगत खर्चको अवस्थालाई हेर्दा नेपाल सरकारले विकास कार्यमा खर्च गर्न नसकेको देखिन्छ । त्यसैगरी वित्तीय व्यवस्थामा केवल ६.८१ प्रतिशत मात्र खर्च भएको छ, जुन ५ महिनाको हिसाबले न्यून नै हो ।


आयतर्फ हेर्दा पनि सोचे अनुरुप सरकारले प्रगति गर्न सकेको छैन । राजस्व आयको प्रगति सन्तोषजनक नै देखिन्छ । राजस्व बजेटसँगै तुलना गर्दा रु. ३०१.२९ अर्ब राजस्व उठेको छ, जुन ३३.८७ प्रतिशत हो । त्यसैगरी वैदेशिक उपदान जम्मा ६.३२ अर्ब आएको छ, जुन केवल १०.४४ प्रतिशत मात्र हो । त्यसैगरी वैदेशिक ऋणको अवस्था हेर्दा प्रगति न्यून छ । मंसिर २०७७ सम्म आइपुग्दा केवल २०.९२ अर्ब वैदेशिक ऋण आएको छ, जुन ६.९८ प्रतिशत मात्र हो ।
त्यसैगरी आन्तरिक ऋणतर्फ नेपाल सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र र कन्जुमर बन्ड गरेर रु. ५७ अर्ब उठाएको छ, जुन बजेटको २५.३३ प्रतिशत हो । आन्तरिक ऋण ५ महिनासम्म रु. २७ अर्ब मात्र उठेतापनि दोस्रो र तेस्रो चौमासिक गरेर पुरै २२५ अर्ब नै उठाउने देखिन्छ र यस सम्बन्धि नेपाल राष्ट्र बैंकले दोस्रो र तेस्रो चौमासिकको लागि उठाउन बाँकी रहेको आन्तरिक ऋण कसरी उठाउने भनेर ईस्यु क्यालेन्डर प्रकाशन गरीसकेको छ ।

Ad