बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको बाँडफाँड भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणको आईपीओ शुक्रबार बाँडफाँट गरिएको हो । आज शुक्रबार बिहान १० बजे बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा उक्त शेयर बाँडफाँड भएको हो ।
आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरीएको जनाइएको छ । यस आईपीओमा १४ लाख ८१ हजार २८४ जनाको आवेदन परेको थियो । आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन स्वीकृत भएको छ, भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।