बैंकिङ खबर । माघ ११ देखि सेयर कारोबारको फर्छ्योट दुई दिनभित्रै गरिने भएको छ । हाल कारोबार भएको तीन दिनभित्र ‘टी प्लस थ्री’ मा फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । सीडीएस एन्ड क्लियरिङले एक विज्ञप्ति मार्फत सो कुरा बताएको हो । यसअघि नेपाल धितोपत्र बोर्डले दुइदिन भित्रै सेयर राफसाफ गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नीति कार्यान्वयनमा ल्याउने क्रममा आगामी माघ ११ देखि सेयर कारोबारको फर्छ्योट दुई दिनभित्रै गरिने भएको हो । यसपछि कारोबार सकिएको दुई दिनभित्रै सेयर रकम फर्छ्योट गरिसक्नुपर्नेछ ।