Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वार्षिक उत्सबको अवसरमा स्वदेशी लघुवित्तद्धारा विपन्न परिवारलाई कम्बल वितरण

२०७७ पुष १७ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिक उत्सबको अबसरमा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । लघुवित्तको शाखा कार्यालय ईटहरी र शाखा कार्यालय औराबनकोे संयुक्त आयोजनामा बिहीबार विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । लघुवित्तको सुनसरी जिल्ला ईटहरी उप–महानगरपालिकामा ५० परिवार र गढी गाउँपालीका ५१ परिवार गरी जम्मा १०१ परिवारलाई कम्बल वितरण गरेको हो । सो कार्यक्रममा संचालक समितीका अध्यक्ष लालमणी जाशीले सितलहरको समयमा विपन्न परिवाललाई न्यानो कपडा वितरण गर्न पाँउदा खुसी व्यक्त गरे । शाखा संजाल ८५ ओटा रहेको यस संस्थाले एन.आई सी एसिया लघुवित्त संग मर्जर सम्बन्धि अन्तिम सम्झौता गरी सकेको छ ।