Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार कति ?

२०७७ पुष १६ गते

बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २५.२१ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक २५.२१ अंकले बढेर २ हजार ०८७.२७ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ७.४० अंकले बढेरर ३९८.७० मा पुगेको छ । आज कूल २०७ सय वटा कम्पनीको १ करोड १४ लाख ४१ हजार ९८२ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड ९१ लाख ७८ हजार २५२ रुपैयाँको कारोबार गरेको छ । आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको ४६ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको ३७ करोड बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये समूहको निर्जीवन बीमा परिसूचक घटेको छ । भने बाँकी होटल्स, विकास बैंक अन्य, लघुवित्त जीवन बीमा र म्युचुअल फण्ड, व्यापार, उत्पादन तथा प्रशोधन, जलविद्युत समूहको परिसूचक बढेको छ ।

Ad