Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तपाईसँग स्विडिस क्रोनर छ ? छ भने साउनभित्रै साटिहाल्नुस् !

२०७३ श्रावण २७ गते

kronnerसाउन मसान्तपछि स्विडिस क्रोनरको २०, ५० र १००० दरका नोटहरु सटही नहुने भएका छन् । स्वीडेनको केन्द्रिय बैंक (riksbank) ले स्वीडिस क्रोनरको बीस, पचास र एक हजार दरका नोटहरु चलनचल्तीबाट हटाउने जानकारी गराएकाले साउन मसान्तपछि यसको सटही बन्द गरिने जानकारी नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । साथै, विभागले कसैसँग उल्लिखित दरका नोटहरु भएका साउन मसान्तअघि नै साटिसक्न अनुरोध गरेको छ । 

यस्ता नोटहरु नेपाल राष्ट्र बैंकको काठमाडौँ र काठमाडौँबाहिरका जुनसुकै बैंकिङ कार्यालयहरुबाट साट्न सकिने छ ।

nrb