
बैंकिङ खबर । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५.५७ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार ०१२.९८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.१३ अंकले घटेर ३८२.४४ मा पुगेको छ । आज कूल २०९ सय वटा कम्पनीको ८० लाख १ हजार ३१४ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँको कारोबार गरेको छ । आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५३ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको २७ करोड ९३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, विकास बैंक, व्यापार, उत्पादन तथा प्रशोधन, जलविद्युत र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी निर्जीवन बीमा, अन्य, लघुवित्त जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

