बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आज करीब दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना प्रकाशित गर्दै उक्त परीणामको बिल बिक्रीको लागि बोल–कबोल खुलाएको हो । बैंकका अनुसार १० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ भने दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ ।
