
बैंकिङ खबर । नेपाल बोर्डले धितोपत्र बजार सम्बन्धमा अध्ययन, नियमन तथा सुपरिवेक्षण गरिनुका साथै लगानीकर्ता मैत्री नीति नियम तर्जुमा गर्ने र भएका व्यवस्थाहरुमा समसामयिक पुनरावलोकन गर्ने कार्य हुदै आईरहेको छ । सनेही अनुरुप बोर्डले धितोपत्र बजारलाई थप गतिशील बनाउने नेपाल सरकारको नीति तथा प्राथमिकता, अनलाईन कारोवार प्रणालीमा सुधार लगायत बजार विकास तथा विस्तारका लागि बोर्डले गरेको विविध सुधारका कार्य तथा व्यवस्थाहरुले बजारमा लगानीकर्ताको सहभागिता तथा कारोवारमा समेत बृद्धि हुंदै गएको छ ।

यसक्रममा बोर्डबाट धितोपत्र बजारमा भई रहेको कारोवारको अवस्था, धितोपत्र कारोवार सेवा तथा शुल्क सम्बन्धी व्यवस्था, धितोपत्र विनिमय बजार तथा धितोपत्र दलाल व्यवसायीको वित्तीय अवस्थाको विश्लेषण तथा धितोपत्र दलाल व्यवसायीको सेवा शुल्क सम्बन्धमा रहेका अन्तर्राष्ट्रिय अभ्यास सहित धितोपत्र दलाल व्यवसायीको सेवा शुल्क (कमिशन) सम्बन्धमा अध्ययन गरी तयार गरिएको अध्ययन प्रतिवेदन उपर बोर्ड सञ्चालक बैठकमा प्रस्तुतीकरण तथा विस्तृत छलफल हुंदा धितोपत्र कारोबार प्रणाली तथा सेवामा हुँदै गएको सुधार र बजारमा प्रणालीगत सुधार तथा बजार विस्तारसंगै कारोबार लागतलाई प्रतिस्पर्धी बनाउने अन्तर्राष्ट्रिय अभ्यास तथा अनलाईन मार्फत कारोबार गर्ने लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता समेतका आधारमा धितोपत्र दलाल व्यवसायी शुल्कमा पुनरावलोकन गरी समसामयिक बनाउन आवश्यक देखिएको छ ।
त्यसैगरी पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा ८५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत हुने गरेकोे तथा दैनिक कारोवार परिमाणमा बढोत्तरी हुदै गईरहेको सन्र्दभमा समेत धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पूनरावलोकन गरी समसामयिक बनाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ (तेस्रो संशोधन) को नियम ३२९१० बमोजिम धितोपत्र दलाल व्यवसायीले धितोपत्र कारोबार सेवा उपलब्ध गराए वापत ग्राहकबाट प्राप्त गर्ने शुल्क सम्बन्धी विद्यमान अनुसूची–१४ को सट्टामा देहाय बमोजिमको अनुसूची–१४ कायम गरी पुस१२ गते देखि लागू गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित पक्षहरुलाई जानकारी गराईन्छ ।