Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे लघुवित्तले संस्थापक समुहको सेयर लिलामीमा विक्री गर्ने

२०७७ पुष १० गते

बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनी प्राइम कमर्सियल बैंकको नाममा रहेको संस्थापक शेयर पुनः पुस १६ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले ५२ हजार ७५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । उक्त शेयरमा आवेदकले पुस २३ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसभन्दा अगाडि संस्थापक शेयर लिलामीमा विक्री खुला गरि विक्री भई बाँकी रहेको शेयर पुनः लिलामीमा विक्री गर्न लागेको हो ।शेयरको न्यूनतम मूल्य रू ३०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ता र अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।