
बैंकिङ खबर । आज बिहीबार नेप्सेमा सूचीकृतमध्ये २०४ कम्पनीका ९८ लाख ६० हजार ५३६ कित्ता सेयर ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैयाँमा कारोबार भएका छन्। बिहीबार नबिल बैंकको सर्वाधिक ६१ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको ५९ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३२ करोड २५ लाख रुपैयाँ, प्रभु बैंकको २८ करोड २३ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २७ करोड २५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २१ करोड ४० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ३४ लाख रुपैयाँ, एनसीसी बैंकको १३ करोड ९५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १३ करोड ९५ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको १३ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।