Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से २९.८३ अंकले घट्यो, नबिल बैंकको सर्वाधिक कारोबार

२०७७ पुष ९ गते

बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २९.८३ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक २९.८३ अंकले घटेको २ हजार ०८६.८३ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.७४ अंकले घटेर ३८६.७६ मा पुगेको छ । आज कूल २०३ सय वटा कम्पनीको १ करोड १५ लाख ५८ हजार ९९३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड १२ लाख ८१ हजार ६५३ रुपैयाँको कारोबार गरेको छ । बुधबार कूल २०४ सय वटा कम्पनीको ९८ लाख १३ हजार ८६४ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड २४ लाख ४६ हजार २१५ रुपैयाँको कारोबार गरेको थियो ।

आज बिहीबार कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये १० समूहको परिसूचक घटेको छ भने बाँकी २ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नबिल बैंक र दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । आज नबिल बैंकले ६१ करोड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५९ करोडको कारोबार गरेको छन्।

Ad