Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

करिब ११ लाख आवेदकले भरेको प्रभु लाइफको आईपीओ शुक्रबार बाँडफाँड गरिने

२०७७ पुष ९ गते

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । इन्स्योरेन्सको आईपीओमा करिब ११ लाख आवेदकले आवेदन दिएका थिए । जसको बाँडफाँड शुक्रबार गरिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आइपिओको प्रि–अलटमेन्ट बुधबार भएको छ । प्रि अलटमेन्ट भएपछि आगामी ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ। इन्स्योरेन्सको आइपिओमा १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.४२ गुणा धेरै हो ।

 

Ad