Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा एकैदिन थपिए डेढ करोड कित्ता शेयर 

२०७३ श्रावण २६ गते
सेयर:

nepseनेप्सेमा बुधबार ६ वटा कम्पनीको डेढ करोडभन्दा बढी कित्ता शेयर सूचीकृत भएका छन् । बुधबार नागरिक लगानी कोष, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, फेवा विकास बैंक, माछापूछ्रे विकास बैंक, कृषि विकास बैंक र कास्की फाइनान्सको १ करोड ५७ लाख भन्दा बढी कित्ता बोनस तथा हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका छन् । 

नागरिक लगानी कोषको १५ लाख ७५ हजार कित्ता बोनस शेयर कारोबारका लागि नेप्सेमा सुचिकृत भएका छन् भने इन्नोभेटिभ डेभलपमेण्ट बैंकको ४ लाख ५ हजार कित्ता बोनस शेयर तथा १० लाख कित्ता हकप्रद शेयर पनि नेप्सेमा सुचिकृत भएका छन् । त्यस्तै, फेवा विकास बैंकको १७ लाख ८७ हजार ८ सय ४६ कित्ता बोनस शेयर, माछापुछ्रे बैंकको ५३ लाख ३० हजार ४ सय कित्ता बोनस शेयर, कृषि विकास बैंकको ५१ लाख ३६ हजार कित्ता र कास्की फाइनान्सको ४ लाख ८९ हजार ४ सय ७९ कित्ता शेयर बुधबारदेखि नेप्सेमा सूचीकृत भएका छन् ।