
बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। नेप्सेको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद (वोनसमा लाग्ने कर समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश पारित गर्न नेप्सेले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। सभमा प्रस्तावित लाभांश पारित गर्नुका साथै अधिकृत, जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव लैजाने भएको छ। साधारणसभा प्रयोजनको लागि नेप्सेले पुस १८ गते बुकक्लोज गर्ने भएको छ।