Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अब लगानीको पनि बीमा !

२०७३ श्रावण २६ गते

insuranceगरीबी निवारण कोषले लगानीमा बीमा गर्न शुरू गरेको छ । आफूले सञ्चालन गरेको समुदायस्तरको कार्यक्रमलाई दिगो बनाउन लगानीको बीमा गर्न सुरु गरेको कोषले जनाएको छ । धादिङ जिल्लाको कल्लेरी गाविसमा सञ्चालन भएको आयआर्जन कार्यक्रमअन्तर्गत गरीबी निवारण कोषले लगानी गरेको व्यवसायमा सोमवारबाट बीमा गर्न शुरू गरिएको हो । १६ ओटा सामुदायिक संस्थामा बीमा गरिएको एकीकृत सामुायिक विकास अभियानका कार्यक्रमका संयोजक शालिकराम दुवाडीले जानकारी दिए । सो बीमा शिखर इन्स्योरेन्स कम्पनीले गरेको हो ।