Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा छायो हरियाली, ९५.४६ अंकले बढेको बजारमा करिब ७ अर्बको कारोबार

२०७७ पुष ७ गते

 

बैंकिङ खबर । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९५.४६ अंकले बढेको छ ।मंगलबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २ हजार ६१.४१ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १५.१८ अंकले बढेर ३९१.७४ मा पुगेको छ । आज कूल २०५ सय वटा कम्पनीको १ करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँको कारोबार गरेको छ । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये १२ वटैसमूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स र दोस्रोमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८६ करोड र नेपाल निर्जिवन बीमा कम्पनीले ४६ करोडको कारोबार गरेको हुन् ।

Ad