Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तको व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न

२०७७ पुष २ गते

बैंकिङ खबर । यूके.एड., सक्षम वित्तीय पहुँचसँगको सहकार्यमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले समुहमा आवद्ध समुह सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ शाखा कार्यालय शक्तिखोर, चितवन र शाखा कार्यालय ठोरी पर्सामा आवद्ध ५३ जना समुह सदस्यहरुलाई २ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
दुई छुट्टा छुट्टै स्थानमा सञ्चालित कार्यक्रममा इच्छाकालिका गाँउपालिका वडा नं. १, चितवनमा कालिका नगरपालिकाका पशु सेवा शाखाका अधिकृत इश्वरी प्रसाद पौडेलले र ठोरी गा.पा. २, टाउन प्लान, पर्सामा कृष्ण बहादुर कार्कीले तालिमलाई सहजीकरण गर्नु भएको थियो । तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमलाई सम्बन्धित शाखाका शाखा प्रमुख सुमन सापकोटा र अजय गुरुङ्ग लगायत त्यँहा कार्यरत कर्मचारीहरुले व्यवस्थापन गरेका थिए ।
संस्थाको हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव ४४,००० समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।