
“उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथ–साथै त्यस बारे अध्ययन विश्लेषणको कार्य भइरहेको बैंकको भनाई”
बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले हाल आम संचार माध्यमहरुमा प्रसारित/प्रकाशित समाचारहरुमा उल्लेख भए जस्तो मर्जरबारे हाल सम्म कुनै पनि निर्णय नभएको जनाएको छ । बैंकको संचालक समितिले बैंकका संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको समेत विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकद्धाराउक्त उपसमिति गठन गरिएको बैंकको भनाई छ । संचालक समितिद्वारा गठित सो उपसमितिले मर्जर/एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथ–साथै त्यस बारे अध्ययन विश्लेषणको कार्य गरिरहेको बैंकले उल्लेख गरेको छ ।