
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कालो सूचीमा समावेश गर्ने प्रक्रियामा संशोधन गरेको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै ६ महिना वा सो भन्दा कम अवधीको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको हो । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गरेको नयाँ व्यवस्था अनुरुप बुधबार निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

