Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आँधिखोला लघुवित्तको जोखिम व्यवस्थापन तालिम सम्पन्न

२०७७ मंसिर ३० गते


बैंकिङ खबर । स्याङ्जा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रही १० जिल्लामा १९ कार्यालय मार्फत कार्यक्रम संचालन गरिरहेको आँधिखोला लघुवित्तले ८ वटा शाखा कार्यालयका २० जना फिल्ड सहायक कर्मचारीहरुलाई जोखिम ब्यवस्थापन तथा सकारात्मक सोंच विषयक २ दिवशिय तालिम वालिङको होटल गाँउवेशीको सभाहलमा कोरोनावाट वच्नकालागि गर्नू पर्ने अत्यावश्यक मापदण्ड पुरा गर्दै सम्पन्न गरेको छ ।

संस्थाले कोरोनाका कारण बैंकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोवल खस्कन नदिनकालागि र ग्राहकहरुको संरक्षणकालागि संस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका वारेमा फिल्डस्तरका कर्मचारीहरुलाई सु–सुचित गरेको छ । सो कार्यक्रममा संस्थाका संचालक समिति सदस्य विधा श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी., नायव प्रमुख कार्यकारी प्रमुख वावुराम कुँवर लगायत विभागिय प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन योजना तथा अनुगमन विभाग प्रमुख कुलदेव लामिछानेले गरेका थिए । संस्थाका संचालक विधा श्रेष्ठले संस्थाको वर्तमान अवस्थामा संस्थालाई जोगाउनकालागि फिल्ड सहायकहरुको भुमिका महत्वपुर्ण रहेको वताउनु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी ले समेत विषम परिस्थितिमा ग्राहक सदस्य तथा कर्मचारीको स्वास्थ्य संवेदनशिलतालाई उच्च प्राथमिकतामा राख्दै कार्यस्थलमा खटिने कर्मचारीको मनोवल कमजोर हुन नदिनका लागि आफु प्रतिवद्ध रहेको वताउनु भएको थियो । नायव कार्यकारी प्रमुख, योजना विभाग प्रमुख तथा लेखाविभाग प्रमुखले जोखिम ब्यवस्थापन तथा सकारात्मक सोंचको विकाश सम्वन्धी तालिममा सहजीकरण गरेको नायव कार्यकारी प्रमुखले वताउनुभयो ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड रहेको र वाग्लुङ जिल्लामा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जरका लागि अन्तिम चरणमा रहेको समेत कुवँरको भनाइ छ । संस्थाले १० जिल्लामा १९ कार्यालय मार्फत करिव १७,००० सदस्य ८५ करोड कर्जा लगानीमा रहिरहेको र ३० करोड वतच परिचन गरिरहेको छ भने मर्जर प्रकृयाकाकारण संस्थाको शेयर कारोवार रोक्का रहेको छ ।