
बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत हुनुका साथै कारोबार समेत फुक्का भएको छ । स्टकका अनुसार नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १००:९५ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ४२ हजार २ सय २१ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।यसका साथै, आज (मंसिर २५ गते, बिहीबार) बाट मर्जर प्रयोजनका लागि रोक्का भएको संस्थाको कारोबार समेत फुकुवा गरिएको छ ।
