
बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ८.२७ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ८.२७ अंकले बढेर १ हजार ९६४.०२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २.३२ अंकले बढेर ३९४.०२ मा पुगेको छ । आज कूल २०४ सय वटा कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँको कारोबार गरेको छ । बुधबार कूल २०१ सय वटा कम्पनीको १ करोड ८ लाख २१ हजार ९७२ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँको कारोबार भएको थियो । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये २ समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लनइफ इन्स्योरेन्स र दोस्रोमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३७ करोड र नेपाल निर्जिवन बीमा कम्पनीले ३५ करोडको कारोबार गरेको हुन् ।

