Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१५ वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ?

२०७७ मंसिर २४ गते

बैंकिङ खबर । १५ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंक संचालक समितिको बैठकले घोषणा गरेको लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिनुपर्ने व्यवस्था छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २७ वटा बाणिज्य बैंकमध्ये हाल १५ वटा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका हुन् ।

लाभाशंको घोषणा गरेका बैंकमा एनआईसी एसिया, सानिमा, नेपाल एसबिआई, बैंक अफ काठमाण्डू , सिटिजन्स, हिमालयन, सनराइज, सिद्धार्थ, एभरेष्ट, माछापुच्छ्रे, नेपाल बंगलादेश, एनसीसी, ग्लोबल आइएमई, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश दिने घोषणा गरेका छन् । केही बैंकले भने लाभांश घोषणा गरेका छैनन् । लाभांशको घोषणा गर्नेमध्ये सबै भन्दा बढी एनआईसि एसिया र हिमालयन बैंक रहेको छ । यी दुई वटै बैंकले २० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

एनआईसि एसिया बैंकले २० प्रतिशत लाभांशको घोषणा गरेको छ । जसमा बोनस १९ र नगद १ प्रतिशत रहेको छ । त्यस्तै हिमालयन बैंकले पनि २० प्रतिशत लाभांश घोषण गरेको छ । बैंकले बोनस १४ र नगद ६ प्रतिशत घोषणाल गरेको छ ।

Ad