
बैंकिङ खबर । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ३९.६० अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३९.६० अंकले घटेर १ हजार ९५५.७५ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.४७ अंकले घटेर ३७१.७५मा पुगेको छ । आज कूल २०१ सय वटा कम्पनीको १ करोड ८ लाख २१ हजार ९७२ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँको कारोबार गरेको छ । मंगलबार कूल २०२ सय वटा कम्पनीको १ करोड २४ लाख ९० हजार ५६५ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँको कारोबार भएको थियो । आज नेप्से कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ११ समूहको परिसूचक बढेको छ भने बाँकी १ समूहको परिसूचक घटेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ भने दोस्रोमा अपर तामाकोशि हाइड्रोपावर कम्पनी रहेको छ । आज नेपाल निर्जिवन बीमा कम्पनीले ४२ करोड ४२ लाख र अपर तामाकोशि हाइड्रोपावर कम्पनीले २५ करोड ९४ लाखको कारोबार गरेको छन् ।

