Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

२०७७ मंसिर २४ गते

बैंकिङ खबर । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (मंसिर २४ गत) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ४ गते, बिहीबारदेखि बिक्री खुल्ला गरीरहेको १६ लाख कित्ता हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताहरुले आज बैकिंङ्ग समयाभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेको थियो । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Ad