Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डूले मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

२०७७ मंसिर २२ गते

बैंकिङ खबर । बैंक आफ काठमाण्डूले मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ हजार अंकित दरमा १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्येमा बैंकले ६ लाख ४० हजार सर्वसाधारणको लागि र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्म रहेको छ ।

न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने कम्पनीले बताएकोे छ । कम्पनीले निष्कासन गर्ने ऋणपत्र १० वर्षसम्मको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको उल्लेख गरेको छ । निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ साथै आवेदकले सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

साथै व्यक्तिगत तबरबाट विक्री गर्ने हकमा विक्री प्रबन्धकले बैंकसँगको सहमतिमा खरीदकर्ताहरु खोजी गरी आपसि सहमतीमा वितरण गर्ने कम्पनीले बताएको छ । कम्पनीले निष्कासन गर्ने ऋणपत्रलाई इक्रा नेपालले मध्यम जोखिम जनाउने इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ । यसले समयमानै वित्तीय दायित्व पुरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने देखाउँछ ।

Ad