Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति

२०७७ मंसिर २० गते

बैंकिङ खबर । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई हिजो (मंसिर १८ गते, बिहीबार) ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । बैंकले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असोज ५ गते सोमबार निवेदन पेश गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

Ad