बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको छ । नेपाल राष्ट्र बैंकका मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो । केन्द्रीय बैंकको अनुसार २०७७ असार मसान्तमा ९७६५ रहेको बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७७ असोज मसान्तमा आइपुग्दा ९९०३ मा पुगेको छ । उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या ३०७२ बाट घटेर ३०२९ कायम भएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाको २०७७ असार मसान्तमा रु. ३५२ अर्ब ३७ करोड चुक्ता पुँजीे रहेकोमा २०७७ असोजमा रु. ३५२ अर्ब ७० करोड पुगेको छ । त्यसैगरी, यस अवधिमा पुँजीकोष रु. ५२१ अर्ब ७० करोडबाट वृद्धि भई रु. ५८४ अर्ब ८१ करोड पुगेको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।