
बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.५७ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १५.५७ अंकले घटेर २ हजार ५५.४५विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.७६ अंकले घटेर ३९२.२९ मा पुगेको छ । आज कूल २०० सय वटा कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँको कारोबार गरेको छ । बुधबार कूल २०१ वटा कम्पनीको १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९२९ रुपैयाँको कारोबार गरेको थियो । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये १० समूहको परिसूचक घटेको छ भने बाँकी २ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ भने दोस्रोमा नेपाल टेलिकमले धेरै कारोबार गरेको छ ।

