Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निक्षेप संकलनमा बैंकिङ क्षेत्रको उच्च वृद्धि : गत ९ वर्षमा २ हजार ८ सय २८ अर्बले निक्षेप बढाए

२०७७ मंसिर १७ गते

अपेक्षा ढुंगाना, बैंकिङ खबर । विगत ९ वर्षको बैंक तथा वित्तीय संस्थाको निक्षेप हेर्दा सुधारोन्मुख देखिन्छ । बिचमा केहि समय अघि कोभिडको महामारीले केही कमजोर बनेको बैंकिङ क्षेत्र पुनः आफ्नो लयमा फर्किन थालिसकेको छ । संक्रमण रोक्न सरकारले लकडाउन गर्दा कर्जा र लगानी खुम्च्याउन बाध्य भएका बैंकहरुले चाडपर्वको चहलपहल र आर्थिक गतिबिधि चलायमान हुन थालेसँगै कर्जा र निक्षेप दुवैमा सुधार गरेका छन् ।

निक्षेपको मात्रै तथ्याङ्कमा बिगत नौं वर्षको बैंकिङ गतिविधिको पाना पल्टाउने हो भने २०६९ असार ३१ मा बैंक तथा वित्तीय संस्थाले १ हजार ११ अर्ब ८२ करोड निक्षेप संकलन गरे भने बाणिज्य बैंकले मात्र ८ सय ६१ अर्ब निक्षेप संकलन गरेका थिए । यता २०७० असार ३१ मा आइपुग्दा बैंक तथा वित्तीय संस्थाले १७.४२ प्रतिशतको वृद्धि गर्दै १ हजार १ सय ८८ अर्ब ९ करोड निक्षेप संकलन गरे भने सो अवधिमा वाणिज्य बैंकले मात्रै पनि १७.८६ प्रतिशतको वृद्धि गर्दै १ हजार १५ अर्ब ५८ करोड निक्षेप संकलन गर्न सफल भएको देखिन्छ ।
यस्तै, २०७१ असार ३२ मा बैंक तथा वित्तीय संस्थाले १८.४१ प्रतिशतले वृद्धि गर्दै १ हजार ४ सय ६ अर्ब ७७ करोड निक्षेप संकलन गरे भने बाणिज्य बैंकले मात्र १७.८१ प्रतिशतको वृद्धि गर्दै १ हजार १ सय ९६ अर्ब ४८ करोड निक्षेप संकलन गर्न सफल भएको देखिन्छ । यता २०७२ असार ३१ मा पुग्दा बैंक तथा वित्तीय संस्थाले २०.०५ प्रतिशतको वृद्धि गर्दै १ हजार ६ सय ८८ अर्ब ८३ करोड निक्षेप संकलन गरे भने सो अवधिमा वाणिज्य बैंकले मात्रै पनि २१.४२ प्रतिशतको वृद्धि गर्दै १ हजार ४ सय ५२ अर्ब ७५ करोड निक्षेप संकलन गर्न सफल भएको देखिएको छ ।
२०७३ असार ३१ मा हेर्दा बैंक तथा वित्तीय संस्थाले पुनः १९.४२ प्रतिशतले वृद्धि गर्दै २ हजार १६ अर्ब ८२ करोड निक्षेप संकलन गरे भने बाणिज्य बैंकले मात्र २०.७० प्रतिशतको वृद्धि गर्दै १ हजार ७ सय ५३ अर्ब ४३ करोड निक्षेप संकलन गर्न सफल भएको देखिन्छ । यता २०७४ असार ३१ मा पुग्दा बैंक तथा वित्तीय संस्थाले १४.०३ प्रतिशतको वृद्धि गर्दै २ हजार २ सय ९९ अर्ब ८१ करोड निक्षेप संकलन गरे भने सो अवधिमा वाणिज्य बैंकले मात्रै पनि १८.६५ प्रतिशतको वृद्धि गर्दै २ हजार ८० अर्ब ३९ करोड निक्षेप संकलन गर्न सफल भएको देखिएको छ ।
२०७५ असार ३२ मा हेर्दा बैंक तथा वित्तीय संस्थाले पुनः १९.२३ प्रतिशतले वृद्धि गर्दै २ हजार ७ सय ४२ अर्ब १० करोड निक्षेप संकलन गरे भने बाणिज्य बैंकले मात्र १८.२१ प्रतिशतको वृद्धि गर्दै २ हजार ४ सय ५९ अर्ब २२ करोड निक्षेप संकलन गर्न सफल भएको देखिन्छ । यता २०७६ असार ३१ मा पुग्दा बैंक तथा वित्तीय संस्थाले १७.९८ प्रतिशतको वृद्धि गर्दै ३ हजार २ सय ३५ अर्ब ७ करोड निक्षेप संकलन गरे भने सो अवधिमा वाणिज्य बैंकले मात्रै पनि १५.६१ प्रतिशतको वृद्धि गर्दै २ हजार ८ सय ४३ अर्ब ६ करोड निक्षेप संकलन गर्न सफल भएको देखिएको छ । यस्तै, २०७७ असार ३१ मा आइपुग्दा बैंक तथा वित्तीय संस्थाले १८.६९ प्रतिशतले वृद्धि गर्दै ३ हजार ८ सय ३९ अर्ब ७३ करोड निक्षेप संकलन गरे भने बाणिज्य बैंकले मात्र २१.८८ प्रतिशतको वृद्धि गर्दै ३ हजार ४ सय ६५ अर्ब १५ करोड निक्षेप संकलन गर्न सफल भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको मात्र निक्षेप तथ्याङ्क हेर्दा चित्रमा यस्तो देखिन्छ ।

वाणिज्य बैंकको मात्र निक्षेप तथ्याङ्क हेर्दा चित्रमा यस्तो देखिन्छ ।

Ad