Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से बढोत्तरी कायमै, सात अर्ब ४० करोडको कारोबार

२०७७ मंसिर १६ गते

बैंकिङ खबर । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ३५ अंकले उकालो लागेको छ ।मंगलबार नेप्से परिसूचक ३ दशमलव ३५ अंक बढेर २ हजार ४० विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.७७ अंकले घटेर ३८३.७९ मा पुगेको छ । आज कूल १९७ वटा कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ००७ रुपैयाँको कारोबार गरेको छ । सोमबार कूल १९८ वटा कम्पनीको २ करोड ५१ लाख १९ हजार ३१९ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँको कारोबार भएको थियो। आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ । नेपाल नेपाल निर्जिवन बीमा कम्पनीले आज ६५ करोड ७९ लाख रुपैयाँको कारोबार गरेको छ ।

Ad