Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चालु आवको पहिलो त्रैमाससम्ममा ९ अर्बले बढ्यो सेयर धितो कर्जा

२०७७ मंसिर १६ गते

बैंकिङ खबर । सेयर बजारले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । यो साता पहिलो कारोबार दिन आइतबार नेप्सेमा ९ अर्व बढि रकमको कारोबार भएको थियो । सोही दिनमा कारोबार रमकले नयाँ उचाइ कायम गरेका हो । यतिबेला नेप्से परिसूचक २ हजार विन्दू नाघेको छ । पछिल्लो समय सेयर बजारको बढोत्ततरी हेर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पुँजी बजारमा लगानी गर्ने लगानीकर्ता बढेका कारण सेयर बजारले नयाँ उचाइ कायम गरेको विश्लेषकहरु बताउछन् । यतिबेला सम्पूर्ण क्षेत्रमा कोरोना भाइरसको नकारात्मक असर परेपनि यसले पुँजी बजारलाई भने सकारात्मक प्रभाव पारेको विश्लेषकको भनाई छ ।

कोरोना भाइसरको कारण उद्योग, पयर्टन, कृषि, जलविद्युत लगायतका अन्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट चैतयता कर्जा लगानी सुस्ताएको छ । तर पुँजी बजारमा भने असोज मसान्तसम्म ५९ अर्ब ४० करोड २७ लाख रुपैयाँ कर्जा लगानी बैंक तथा वित्त कम्पनीबाट भएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चैत मसान्तसम्म ४७ अर्ब ६६ करोड १८ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकको तथ्यांक अनुसार लगानीकर्ताहरुले चैत यता असोज मसान्तसम्म ११ अर्ब ७४ करोड ९ लाख रुपैयाँ सेयर धितोमा कर्जा लिएका हुन्। जसमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र बैंक तथा वित्त कम्पनीले ८ अर्ब ९९ करोड ३० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । सो अवधिमा ओभरड्राफ्ट कर्जा, चालु पुँजी कर्जा, टर्म लोन, हायर पर्चेज लोन, होम लोन, रियल स्टिेट लोन लगायत भने सुस्ताएको छ ।

Ad