Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

‘सेयर बजारमा जोखिम बहन गर्न सक्ने गरि लगानी गरौं’

२०७७ मंसिर १५ गते

बैंकिङ खबर । बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरुले देशको राजनितिक अबस्था, अन्तराष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सराकरको पूँजीबजार प्रतिको दृष्ट्रिकोण , समय समयमा हुँने निति नियमको परिवर्तन बजार मैत्री नहुनु, समय समय फैलने बिभिन्न अफवाहरु रहेका हुन्छन् । सेयर बजारमा लगानिकर्ताले ध्यानदिनुपर्ने कुराः

जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अवश्य हुन्छ । सेयर बजारमा चुनौतीको सामना गर्ने व्याक्ति सफलतामा पुग्न सक्दछन् । सेयर बजारलाई जती अबसरको रुपमा लिइन्छ, त्यसमा त्यती नै चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन । पूँजी बजार स्वतन्त्र ढंगले चल्छ । पूँजी बजारको ब्यूटी नै घटबढ भइरहने हो । नेपालको पूँजी बजारको इतिहासलाई हेर्दा बजार बढदै गइरहेको अवस्था छ । प्रतिफलको आधारलाई हेर्दा छिमेकी राष्ट्रको तुलनामा नेपालको पूँजी बजारको अवस्था राम्रो छ । लगानी कर्ता परिपक्क भइरहेका छन् । हिजो अरुको भनाइको आधारमा लगानी गर्दथ्य भने, अहिले आफुले लगानी गर्ने कम्पनीको अध्यन विश्लेषण गरी लगानी गर्ने बानीको विकास भइरहेको देखिन्छ । लगानीकर्ताले कहाँ लगानी गर्ने स्वतन्त्र भएर लगानी गर्नु जरुरी हुन्छ । ताकीँ भोली हामी डुबेउ भन्ने अवस्था नआओस् । लगानीकर्ताले सदैव मनन् गर्नु पर्ने कुरा जहाँ धेरै प्रतिफल हुन्छ, त्यहाँ त्यती नै जोखिम रहन्छ,त्यसैले सुजबुझका साथ आफ्नो क्षमता अनुसार, आफुले बहन गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै लागत र प्रतिफलको अनुमान गरी लगानी गरेमा सेयर बजारको भविष्य सुनौलो छ । 

पैसाले नै पैसा कमाउने हो तर,  कमाउने हो भनेर आँखा चिम्लेर अरुले भनेको भरमा लगानी गर्न पनि उचित होइन । लगानी गर्दा आफुले लगानी गर्न लागेको कम्पनी कस्तो छ, त्यसको बारेमा विश्लेषण गर्ने, लगानी गर्न लागेको कम्पनीको विगतको पर्फमेन्स, भविष्यको योजना विश्लेषण गरेर लगानी गर्यो भने लगानी खेर जादैन। तर, लगानीकर्ताले आफ्नो क्षमता अनुसार जोखिम बहन गर्न सक्ने गरि लगानी गर्नुपर्दछ ।

Ad