Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड केही बेरमा सुरु हुँदै, कतिले पाउँलान ?

२०७७ मंसिर १४ गते

बैंकिङ खबर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारणस सेयर ‘आइपिओ’ बाँडफाँड आज मङ्सिर १४ गते आइतबार हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अनुसार आज दिउँसो ४ बजे क्यापिटल कार्यालय जमल, काठमाडौंमा आइपिओ बाँडफाँड हुने भएको हो । कम्पनीले मंसिर ३ गते मंसिर ७ गते ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर सेयर निश्कासन गरेको थियो । जसमध्ये ४३ हजार ६९६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो । धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाँउछन्। यसअनुसार आइपीओमा आवेदन गर्ने बाँकी करिब साढे तीन लाख आवेदकको भने हात खाली हुने भएको छ। कम्पनीले निश्कासन गरेको सेयरमा ५ लाख ४१ हजार २६३ जना आवेदकले ९४ लाख ९८ हजार ४०० कित्ताको लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँको आवेदेन परेको छ । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११।६८ गुणा बढी हो ।

Ad