Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यो साता यी हुन् नेप्सेमा शेयर सूचिकृत गर्ने कम्पनी ?

२०७७ मंसिर १२ गते

बैंकिङ खबर । यस साता नेपाल स्टक एक्सचेन्जमा ६ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । जसमध्ये ३ कम्पनीको साधारण सेयर (आइपिओ), २ वटा कम्पनीको बोनस सेयर र एउटा कम्पनीको हकप्रद सेयर रहेको छ ।

यो साता कुन कम्पनीको कति कित्ता सूचिकृत ?

नेपाल स्टक एक्सचेन्जका अनुसार मंसिर ५ गते शुक्रबार ३ वटा कम्पनीको आइपिओ सूचिकृत भएको छ । जसअन्तर्गत विकास ऋणपत्र २०८६ ‘घ’ को २० करोड कित्ता, विकास ऋणपत्र २०८४‘घ’ को १० करोड कित्ता, विकास ऋणपत्र २०८७‘घ’ को २० करोड आइपिओ नेप्सेमा सुचिकृत भएको हो । त्यस्तै मङ्सिर ८ गते सोमबार नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७ सय ८६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । स्टकका अनुसार मङ्सिर ९ गते मंगलबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर सूचिकृत गरिएको छ । त्यसैगरी आज (मङ्सिर १२ गते शुक्रबार) नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

Ad